प्राध्यापक संघका अध्यक्ष ढकालको कडा टिप्पणी : प्रध्यापकको मुख थुनेर पढाउनु पर्यो भन्लान् !
मकवानपुर, ३० चैत । मकवानपुर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भोजराज ढकालले गुणस्तरीय शिक्षा र क्याम्पसमा जडान गर्ने भनिएको सीसीटिभीको कुनै सम्बन्ध नभएको बताएका छन् ।
तु खबरमा समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । ‘इमान्दार प्राध्यापकलाई राख्दा के नराख्दा के’ भन्दै उनले जे हालेपनि प्राध्यापकले पढाउने हो भनेका छन् ।
सार्वजनिक रुपमा समाचार प्रति टिप्पणी गर्दै उनले ‘पत्रकारहरुले पनि क्याम्पसमा आएर सस्थाभित्र के छ बुझिदिनुहोला’ भनेका छन् । भोलि माथिकाले प्राध्यापकको मुख थुनरे पढाउनु पर्यो भन्लान् अनि समाचार यस्तै बन्ला भन्ने प्रश्न पनि गरेका छन् ।
