राप्रपाका अध्यक्ष थापा नियन्त्रणपछि रिहा

तु खबर संवाददाता
२०७५ चैत्र २५, सोमबार १६:४६

काठमाडौं २५ चैत्र । राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएपछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ र दिपक बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेका थियौँ,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप र्गयो ।’ उनले प्रहरीको प्रतिकार गरेर अध्यक्षलाई फिर्ता ल्याएको बताए ।