राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

तु खबर संवाददाता
२०७५ चैत्र २५, सोमबार १५:३०

काठमाडौं २५ चैत्र । राजधानीको पद्मोदय मोडबाट प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्रका अधयक्ष कमल थापा, नेता बुद्धिमान तामाङ, दिपक बोहोरा रहेका छन् ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । प्रर्दशनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।