उद्योगमैत्री वातावरण नबनाएकोमा उपराष्ट्रपति पुनको असन्तुष्टी
काठमाडौं २५ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै उनले असन्तुष्टी व्यक्त गरेका हुन् ।
सोमबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण बनाउन नसकेकै कारण मुलुकपछि परेको बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गरेका थिए ।
