पुँजी बजार विस्तारमा दक्षिण एसिया पछाडि : अर्थमन्त्री खतिवडा
काठमाडौं २१ चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको बताएका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए ।
‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको विस्तार हुन्छ, हामी यसप्रति सकारात्मक छौं ।’
