राष्ट्रपति भण्डारीद्वारा दु : ख व्यक्त
मकवानपुर १८ चत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत दु : ख व्यक्त गरेका हुन् । प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएकी छिन् ।
हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराईन् ।
