राजपा नेपालले हावाहुरी प्रभावितलाई राहतस्वरुप ५ लाख सहयोग गर्ने
काठमाडौँ १८ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं. २ को बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध गर्ने निर्णय गरेको जनाएका छन् ।
त्यस्तै राजपाले आफ्ना नेता कार्यकर्ताहरुलाई राहत सहयोग संकलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश विदेशमा रहेका सवैलाई अपिल गरेको छ ।
