संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित
काठमाडौं १५ चैत्र । संसदीय सुनुवाई विशेष समितिको आईतबार बोलाइएको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आग्रह गरेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न बोलाइएको बैठक काँग्रेसको आग्रहमा मंगलबार दिउँसो २ बजे बस्नेगरी दुई दिन पछि सारिएको हो ।
बैठकमा नेपाली काँग्रेसबाट समितिमा प्रतिनिधित्व गर्नुहुने सांसदद्धय भिमसेनदास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए ।
सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
