‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सबै लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई
काठमाडौं १७ चैत्र । प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सवै लाग्नुपर्ने बताएका छन् । आईतबार रिपोटर्स क्लको २१ औ बार्षिकात्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलापहिला अधिकार प्राप्ती र राजनीतिक आन्दोलनमा केन्द्रीत हुनुपरे पनि अब ति अधिकार प्राप्त भइसकेकाले अब ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सबै लाग्नुपर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विगतमा भएका आन्दोलनका उपलव्धिलाई रक्षा गर्न नसक्दा पटकपटक आन्दोलन गर्नुपरेपनि पछिल्लो आन्दोलनबाट मुलुकमा नयाँ संविधान र जनताको चाहाना अनुसार राजनीतिक व्यवस्था कायम भएकाले अबको दिनमा सबै मिलेर समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए ।
‘पहिलाका आन्दोलनका उपलव्धी हामीले रक्षा गर्न सकेनौ, कमजोरी भयो । परिवर्तनहरुलाई पछाडी फर्काउन खोजियो । बाटा वाङटिङगा भए होलान् तर देशलाई पछाडि फर्कन नदिने अठोट हामीले गर्याै । सहजै द्वन्द्व व्यवस्थापन र सामन्तीतन्त्रलाई परास्त गर्याै’ प्रधानमनत्री ओलीको भनाई थियो ।
