विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने : मन्त्री थापा
काठमाडौँ, ९ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी छिन् ।
शनिबार आयोजित महिला अधिकार तथा विकास केन्द्रको २५ औँ रजत जयन्तीका आवसरमा मन्त्री थापाले विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी हुन् । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भनिन् ।
महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिइन् । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उनले जानकारी दिईन ।
