विकास समितिको बैठक स्थगित

तु खबर संवाददाता
२०७५ चैत्र ४, सोमबार १५:०७

काठमाडौं ४ चैत्र । संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि स्थगित गरिएको हो ।

समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा.युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

१२ बजेका लागि बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।