साइबर सुरक्षा र अपराध नियन्त्रण गर्न सूचना प्रविधि विधेयक ल्याएको : प्रविधिमन्त्री बास्कोटा

तु खबर संवाददाता
२०७५ चैत्र ३, आईतवार १६:५३

काठमाडौं ३ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रण गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको बताएका छन् ।

विधेयकका विषयमा आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा उनले साइबर सुरक्षासँग जोडर विधेयक ल्याइएको स्पष्ट पारेका हुन् ।

उनले विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साइबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्थासहितका कयौँ विषय विधेयकमा समावेश भएको दाबी गरे । स्वतन्त्रताको कुरा गर्दा राष्ट्रिय दायित्व र भूमिका बिर्सन नहुने भन्दै उनले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे ।