सभापति देउवाले विवाद मिलाउन बैठक बोलाए

तु खबर संवाददाता
२०७५ चैत्र ३, आईतवार १४:३१
file photo

काठमाडौं ३ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा देखिएको विवादमा सहमति जुटाउने प्रयासस्वरुप बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाएका छन् ।

सोमबार बस्ने केन्द्रीय कार्य समितिलाई मध्यनजर गर्दै देउवाले पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका हुन ।

देउवाका सकीय सचिव भानु देउवाले बैठकमा पार्टीको अनुशासन समिति, निर्वाचन समिति, नेविसंघको नेतृत्व चयन तथा विभाग गठन लगायतका विषयमा छलफल हुने जानकारी दिए ।