महिला साफमा आज भारत–श्रीलंका भिड्दै

तु खबर संवाददाता
२०७५ चैत्र ३,आईतवार १२:२६
file-photo

विराटनगर ३ चैत्र । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहीद मैदानमा दिउँसो ३ बजे सुरु हुने समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, भारत र श्रीलंकाबीच पराजित हुने टिमले समूह ‘ए’ को विजेता आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।