निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन

तु खबर संवाददाता
२०७५ चैत्र १, शुक्रबार १६:५८

काठमाडौं, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले चार्डबार्ड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकता अनुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ ।