मृगौला दिवसमा प्रधानमन्त्री
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विश्व मृगौला दिवसको अवसरमा आज बिहान शिक्षण अस्पतालमा आयोजना भएको कार्यक्रममा सहभागी भएका छन् ।
विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
