शंकास्पद बस्तु पटाका भएको पुष्टी, सेनाद्वारा निस्क्रिय
मकवानपुर, ३० फागुन । हेटौंडा ९ मा फेला परेको शंकास्पद बस्तु सेनाको टोलीले निस्क्रिय पारेको छ ।
डिस्पोजपछि सो बस्तु पटाका भएको फेला परेको छ । निस्क्रिय पारी सेनाको टोली फर्किएको छ । पटाका बेरेर खतारा लेखी छोडिएको रहेछ, एक सुरक्षा अधिकारीले तु खबरलाई भने । सेनाले त्यसलाई निस्क्रिय पारेको छ ।
बिहान फेला परेको सो शंकास्पद बस्तुका कारण केही बेर त्रास बढेको थियो । घटनास्थल पुगेको प्रहरीले शंकास्पद बस्तु बम भएको आशंकामा त्यसलाई निस्कृय पार्न सेनालाई बोलाएको थियो ।
