खेलकूद विकास विधेयक प्रस्ताव स्वीकृत
काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्र्तराष्ट्रियस्तरमा पु¥याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताए ।
राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ३० गते अपराह्न १ बजेको लागि बोलाएको छ ।
