दुर्घटनामा परी काँग्रेस मकवानपुरकी जिल्ला सदस्य न्यौपाने घाइते

तु खबर संवाददाता
२०७५ फाल्गुन २८, मंगलवार १४:३६

मकवानपुर २८ फागुन । मकवानपुरको थाहा नगरपालिका–३, शिखरकोट धारापानिस्थित आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य हेटौंडा–५, पिप्ले निवासी ईन्दिरा न्यौपाने घाइते भएकी छिन् ।

हेटौडाबाट कैलाश गाउँपालिकाको पकनितर्फ जाँदै गरेको ना २ ह ४४० नं को अटो र थाहा नगरपालिका–३ स्थित बुद्दचोकबाट हेटौडातर्फ आउदै गरेको ना ३ ख ७४८ नं को आईचर गाडि एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते न्यौपानेको पालुङ स्वास्थ्य चौकीमा उपचार भए पश्चात हाल थप उपचारको लागि काठमाडौं जादे गरेको बताएको छ ।