हेटौंडा आएर राष्ट्रियसभा सदस्य विडारीले भने : सिकेलाई देखाएर सरकारलाई ढुङ्गा हान्ने मधेशी दल अब के गर्लान ?

तु खबर संवाददाता
२०७५ फाल्गुन २७, सोमबार १७:३२

मकवानपुर २७ फागनु । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सिके राउतलाई देखाएर मधेशी दलहरुले अब राजनती गर्न नपाउने बताएका छन् । आज हेटौंडामा पत्रकार भेटघाटको क्रममा बोल्दै उनले मधेसी दलहरुले सिके राउतको नाममा राजधानी गर्दै आएकोमा अहिले सरकार र राउतबीच ११ बुँदे सहमती भएपछि राउतकै नाम लिएर सरकारसंग मधेसी दलहरुले गर्ने राजनिति समाप्त भएको उनले बताए ।

उनले भने ‘ मधेसीदलले गलतमाग गर्दै, माग पुरा गर नत्र सिके राउतले ढुँगा हान्छ, भन्दै सरकारलाई तर्साउँथे अब के गर्लान ?’ मधेश केन्द्रित दलहरुले राउतलाई देखाएर गलत गरिरहेका थिए अब पाएनन्, उनले भने । सरकार र राउतबीचको सहमतीले सरकारलाई र सिङ्गो राज्यलाईनै राम्रो भएको अनि राउतको पनि सेफ ल्याण्डीङ् भएको उनको धारणा छ ।

आफुलाई सहमती गरेपछि मात्रै जानकारी भएको भएपनि सरकारले गरेको सहभतीले मुलुकमा विखण्डनको लागि राजनिती गर्नेहरुको अन्त्य हुने आफुले विस्वास लिएको उनले बताए ।

 

उनले अहिले सरकार बाहिर रहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि सरकारले तिरस्कार नगरी वार्ता गरेर सहमती गर्नुपर्ने बताए । विप्लवलाई सरकारमा ल्याउन सके अझै नेकपामा ल्याउँन सके मुलुकको परिवर्तनमा टेवा पुग्ने उनको धारणा छ ।

उनले पत्रकारहरुलाई सकारात्मक सन्देश जाने खालका समाचार बढी सम्प्रेषण गर्न सुझाए ।
पत्रकारहरुसंग बोल्दै उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि कुनै कदम नचाल्ने भन्दै राष्ट्रियसभा र संसद्मा जनताको हितका लागि विद्रोह गरिरहने बताए ।