स्व. मन्त्री अधिकारीको सम्झनामा सरसफाई कार्यक्रम

तु खबर संवाददाता
२०७५ फाल्गुन २७, सोमबार १६:२६

काठमाडौं २७ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्व. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको १३ औं दिनको पुण्य तिथीमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको अगुवाईमा विमानस्थल परिसर र प्रवेशद्वार वरिपरीका क्षेत्रमा जनचेतना जगाउनुका साथै सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी, होटल एशोसियसन र एयरलाईन्सको सहभागीता रहेको थियो ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, पाईलट प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेसहित ७ जनाले ज्यान गुमाएका थिए ।