राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा : राप्रपाका अध्यक्ष थापा
दाङ २७, फागुन । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले पुर्ण धार्मीक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा बनिसकेको बताएका छन् ।
पुर्ण धार्मीक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र राज संस्था स्थापनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा तथा जनजागरण अभियान अन्तर्गत दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
राष्ट्रमा संगठित भ्रष्टाचार भएको, बिकराल बेरोजगारी समस्या , राजनैतिक बेईमानी बढेको भन्दै राप्रपाले जनजागरण तथा भण्डाफोर अभियान अन्तर्गत सरकारलाई सहि मार्गमा ल्याउन दवाव दिन राप्रपा जनता संग सडकमा आएको जिकिर गरे ।
