हेटौंडा आईडलबाट आज प्रेम बैठा बाहिरिए

मकवानपुर २७ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक मेलामा संचालन भईरहेको गायन प्रतियोगिता हेटौंडा आईडलबाट आज प्रेम बैठा बाहिरिएका छन् । सोमबार उत्कृष्ट ६ जना छनौट भएसँगै प्रेम बैठा बाहिरिएका हुन् ।
आइडलको टप सिक्समा सुसन शाह ठकुरी ७, विजय लामा १०, सुसाल तामाङ ११, दीपक कालिराज १२, भुवन घलान १४ र पारु महरा १५ पर्न सफल भएका छन् ।
जिपिएक्स रेसिङले प्रायोजन गरेको हेटौंडा आइडलमा प्रथम हुनेले नगद ३५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट, द्धितिय हुनेले नगद २५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार र ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट प्राप्त गर्ने छन् ।
प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आइडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुवै) को आउने जाने टिकटको व्यवस्थासमेत गरिएको छ ।