सभापति देउवासहितका नेता म्याग्दीमा
बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु आज म्याग्दी गएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी गएका हुन् ।
हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका छन् । उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।
