स्वाभिमान यात्रा सरकार विरुद्ध होइन : अध्यक्ष थापा

तु खबर संवाददाता
२०७५ फाल्गुन २४, शुक्रबार १७:२२
file photo

राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिन गरिएको बताए ।

यात्राको लागि सुदूरपश्चिम प्रदेश जाने क्रममा आज बाँकेको कोहलपुरमा आयोजित सभामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका माग सम्बोधन गर्नुपर्नेमा जोड दिँदै हिन्दू राष्ट्रको पहिचानको समाप्ति र राजतन्त्रलाई पाखा लगाइए पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको धारणा व्यक्त गरे ।

अध्यक्ष थापाले पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको उल्लेख गर्दै सबै धर्मको सम्मानसहित हिन्दू राष्ट्रको पुनः स्थापना हुनुपर्नेमा जोड दिए ।–रासस