नेपाली काँग्रेस सभापति देउवाद्वारा दु : ख व्यक्त
काठमाडौं २४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राष्ट्रियसभा सदस्य एवम् नेपाली काँग्रेस झापाका अग्रज नेता जीतबहादुर पुरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काँग्रेस केन्द्रीय समितिका तर्फबाट दुःख व्यक्त गरेका हुन । ‘उनको निधनबाट नेपाली काँग्रेस झापाको अग्रज नेतृत्वको विदाई भएको छ । साथै मैलेसमेत एक असल अग्रज मित्र समेत गुमाएको छु । उनको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली काँग्रेस केन्द्रीय समितिका तर्फबाट उनका समस्त परिवारजन एवं नेपाली काँग्रेस झापा पार्टी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
पूर्व राष्ट्रियसभा सदस्य एवम् नेपाली काँग्रेस झापाका अग्रज नेता जीतबहादुर पुरीका उनको गत बुधबार निधन भएको थियो ।
