१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्रमाणपत्र वितरण

तु खबर संवाददाता
२०७५ फाल्गुन २३, बिहीबार १४:०९

मकवानपुर, २३ फागुन । नेपाल महिला संघ ३ नम्बर क्षेत्रीय समितिद्वारा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहिबार अन्तरक्रिया तथा ब्युटिशियन तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

महिला संघ ३ नम्बर क्षेत्रीय सभापति ताराकुमारी कार्की (राई) को सभाध्यक्षता तथा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा प्रमाणपत्र वितरण गरिएको हो ।

१०९ आंै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा महिला संघ ३ नम्बर क्षेत्रीय समितिको आयोजनामा ६ महिना अघिबाट सुरु भएको ब्युटिशियन तालिमका सहभागी ४० प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका सचेतक छिरङ्ग दोर्जे लामा, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, ट्रेड युनियन ३ नम्बर प्रदेश उपाध्यक्ष बीरेन्द्र कुमार लामा, जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठ, महाधिवेशन प्रतिनिधि रमेशध्वज कार्की, १० नम्बर वडा सभापति कालू घलान, महिला संघ जिल्ला सचिव निलम देवकोटा, नगर अध्यक्ष लक्ष्मी गौतम, महिला संघ ३ नम्बर क्षेत्रीय समिति सल्लाहकार राधा कोईरालालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा महिला संघ ३ क्षेत्रीय समितिका पदाधिकारी, नेता तथा कार्यकर्तासहित ब्युटिशियन तालिमका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियोे ।