कांग्रेस मकवानपुरले मनायो कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको १०८ औं जन्मजयन्ती

तु खबर संवाददाता
२०७५ फाल्गुन १७, शुक्रबार १६:५५

मकवानपु्र, १७ फागुन । नेपाली कांग्रेस मकवानपुरले नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापक अध्यक्ष, आधुनिक नेपालका प्रथम अर्थमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपाली कांग्रेसका पूर्वसभापति सुवर्ण शमशेर राणाको १०८ औं जन्मजयन्ती शुक्रबार मनाएको छ ।

नेपाली कांग्रेस मकवानपुरका सचिव आनन्द कठायतको सभाध्यक्षतामा भएको संस्थापक नेता सुवर्ण शमशेरको १०८ औं जन्मजयन्तीको अवसरमा बोल्दै मकवानपुरका नेताहरुले १९६७ मा जन्मिएका राणाले नेपालको क्रान्ती सफल बनाउन अतुलनिय योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले विश्वेश्वरप्रसाद कोइराला नभएको भए २००७ सालको जनक्रान्ति सम्भव नभएको र त्यो क्रान्तिमा सुवर्णजी नलागेको भए सफलता असम्भव रहेको बताएका थिए ।

२००७ सालको क्रान्तिमा निरंकुश राणाशासनका विरुद्ध जनक्रान्तिका पक्षमा जनतालाई जागृत गर्न बर्माबाट मान्छेले खर्पन वा डोकोमा बोकेर हातहतियार ल्याउने कुरा नभएको बताउँदै वक्ताहरुले मुक्तिसेनाको गठन, तालिम र बन्दोबस्ती गर्नेदेखि पार्टी संगठन परिचाल तथा काठमाडौं उपत्यकालगायत देशभर आकासबाट पर्चा छर्न राणाजीकै हवाइजहाजबाट यो संभव भएको बताएका थिए ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमूख कृष्णप्रसाद दाहाल, जिल्ला सदस्य राजिव सुवेदी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटीलगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।