राष्ट्रपति भण्डारी फागुन २६ गते न्युयोर्क जाने
मकवानपुर १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन २६ गते संयुक्त राष्ट्रसंघको महिला सम्वन्धी उच्च आयोगको सम्मेलनमा सहभागिता हुन न्युयोक जाने भएकी छिन् ।
उनी मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने कमिसन अन द स्टाटस अफ वमेनका ६३ औं सेसनमा सहभागी हुन फागुन २६ गते त्यसतर्फ जाने तय भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले पुष्टि गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभाबाट फर्किएपछि राष्ट्रपतिको भ्रमण कार्यक्रम तय हुने स्रोतले जनाएको छ । राष्ट्रपतिसँग महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत भ्रमण दलमा सामेल हुनेछन् ।
संयुक्त राष्ट्रसंघको स्थापनासँगै अस्थितवमा आएको महिला अधिकार र लैंगिक समानतासम्बन्धी यो संस्थाको कार्यक्रममा नेपालको सबैभन्दा उच्चस्तरीय संलग्नता यो पहिलोपटक हो ।
