अब विप्लव निकट पत्रकार संगठनको नाम जनपत्रकार संगठन नेपाल
काठमाडौं १४ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम अब परिवर्तन भई जनपत्रकार संगठन नेपाल भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको हो । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयानुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका अध्यक्ष डुम्रेले जानकारी दिए ।
यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको पनि महासचिव विष्टले जानकारी दिए ।
