नेपालमा रेल चलाउन सरकारले दुईवटा रेल अर्डर गर्याे

तु खबर संवाददाता
२०७५ फाल्गुन १४, मंगलवार १३:२७

काठमाडौं, १४ फागुन । सरकारले नेपाल—भारत रेलमार्गमा रेल चलाउनका लागि अहिलेलाई दुईवटा रेल भारतीय कम्पनीलाई अर्डर गरेको छ । अर्डर गरिएका रेल आउँदो वैशाख महिनासम्ममा नेपाल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

रेलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । भारतीय पक्षबाट पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै उद्घाटनमा आउन आग्रह गर्ने सोच बनाइए पनि भारतमा लोकसभाको चुनाव हुन लागेकोले आउने–नआउने निश्चित नभएको मिश्रको भनाइ छ ।

रेल नयाँ हुने, सिट संख्या करिब ५०० जति हुने तथा उभिएर १३०० जनासम्म अट्न सक्ने महानिर्देशक मिश्रले बताए । अर्डर गरिएको रेलमा डबल इन्जिन हुने भएकाले घुमिरहनु नपर्ने महानिर्देशक मिश्रले जानकारी दिए ।