नेपाली काँग्रेस मुख्यालयमा झडप
काठमाडौँ १२ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ । विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ ।
निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समिती बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुनेपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । गत बिहिबार उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यहार गरेको संस्थापन पक्षको आरोप रहेको छ । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।
जसकारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।
