पूर्वमन्त्री बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश

तु खबर संवाददाता
२०७५ फाल्गुन १२, आईतवार १३:०६

काठमाडौं १२ फागुन । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका नेताहरू कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपामा पूर्वमन्त्री दीपक बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्री बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार र सुरेन्द्र केसीलगायत प्रवेश गरेका छन् ।

आज बानेश्वरमा आयोजित एक कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।