वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सभापतिको कार्यशैलीप्रति असन्तुष्टि
काठमाडौं ९ फागुन । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग असन्तुष्टी जनाएका हुन् ।
वाईडवडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन नभएको, सो क्रममा उपसमितिलाई झुटा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस नगरिएको, चिनीलगायत सर्वसाधारणको दैनिक उपभोग्य सामानमा भइरहेको कार्टेलिङमा चासो नदेखाएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गरे । उनीहरुले प्रभावकारी ढंगले काम नगर्ने हो भने समिति खारेज गर्न माग गरे ।
समिति सदस्य प्रेमबहादुर आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने सम्बन्धित मन्त्रालयलाई बोलाई छलफल गर्ने काम हुन नसकेको गुनासो गरे । उनले कार्यान्वयन पक्ष फितलो हुँदै जादा समितिको अस्तित्व नरहने भएकाले खारेज गर्न माग गरे ।
