दिव्यतारा बहुउद्देश्यीयको छैठो शाखा राईगाउँमा
मकवानपुर ०१ फागुन । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको छैठौं सदस्य सम्पर्क कार्यालय मकवानपुरको पूर्वी क्षेत्र बाग्मती गाउँपालिका वडा नं. २ राईगाउँमा बुधबार उद्घाटन गरिएको छ ।
सहकारीको अध्यक्ष एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको सभाध्यक्षता एवं नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा छैठौ सदस्य सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले सहकारीको माध्यमबाट गाउँगाउँमा महिला, किसानलगायत निम्न आयस्तर भएकालाई ठूलो टेवा पुग्ने भन्दै सहकारीमा लाग्न आग्रह गरे ।
यसअघि दिव्यताराले हेटौंडा–१९ सान्नानीटार, हेटौंडा–१३ पदमपोखरी, थाहा नगरपालिका पालुङ, हेटौडा–१८ रामधुनी, मनहरी बजारमा सदस्य सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्ग, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दीनेश उपाध्याय, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बाग्मती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्ताैलालगायतको सहभागीता रहेको थियोे ।
