नेकपा मकवानपुरले मनायो २४ औं जनयुद्ध दिवस

तु खबर संवाददाता
२०७५ फाल्गुन १, बुधबार १५:१०

मकवानपुर ०१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले २४ औं जनयुद्ध दिवस मनाएको छ । आज हेटौंडा उपमहानगरपालिका वडा नं. ४, स्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच दोसल्ला ओढाएर सहिद परिवार तथा घाइतेहरुलाई सम्मान गरेर जनयुद्ध दिवस मनाइएको हो ।

पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का केन्द्रीय सदस्य कुमारी मोक्तान, रामेश्वर राना, नेता प्रेम बहादुर पुलामी, बद्रि लम्साल, श्रीधर पोखरेललगायतको आतिथ्यता रहेको थियो ।