त्यसपछि हटाइयो कार्यालयमा लगाइएको बोर्ड

तु खबर संवाददाता
२०७५ माघ २५, शुक्रबार १८:४७

मकवानपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ३ नम्बर प्रदेश कार्यालयको बोर्ड झुण्ड्याउनै नपाई हटाइएको छ ।

हेटौंडामा स्थापना गरिएको परिषद्को ३ नम्बर प्रदेश स्तरीय सो कार्यालयको बोर्डमा त्रुटी भेटिएपछि तुरुन्त हटाइएको हो । बोर्डमा त्रुटी रहेछ नि भनी तु खबरले सोधेपछि कार्यालयले आफ्नो बोर्ड हटाएको हो ।

तर, केही समयपछि त्रुटी सच्याएर फेरी बोर्ड राखिएको छ । प्रदेश नं. ३ हुनुपर्नेमा सो बोर्डमा प्रदेन उल्लेख थियो ।