महिला सुरक्षा आवास गृह निमार्ण गरिने : मन्त्री थममाया थापा
काठमाडौं २३ माघ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सात वटै प्रदेशमा हिंसा पीडित महिलाको पुनस्र्थापना गृह सञ्चालन गरिने बताएकी छिन् ।
बुधबार संसदमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले हिंसा पीडित महिलालाई दीर्घकालीन सेवा प्रदान गर्नका लागि सातै प्रदेशमा आवास गृह निर्माण गर्न लागिएको जानकारी गराएकी हुन् ।
त्यस्ता आवास गृहका लागि केन्द्रले स्थानीय तहलाई सशर्त अनुदान र सशर्त बजेट उपलब्ध गराउने र स्थानीय तहले पनि आवश्यक बजेट थप गरी गृह सञ्चालन गर्ने योजना बनाउनुपर्नेमा जोड दिइन् ।
