देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक : राष्ट्रपति भण्डारी
चितवन २२, माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताएकी छिन् ।
देवघाटमा मंगलबार शुरु भएकोे विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेका बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएको बताएकी छिन् । देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन । यसलाई समयानुकुल बनाउँदै अघि बढाउनुपर्ने राष्ट्रपति भण्डारीको सुझावसमेत दिएकी थिइन् ।
