नेपाली काँग्रेसको हेटौंडामा विशाल विरोध प्रदर्शन हुने

तु खबर संवाददाता
२०७५ माघ २०, आईतवार १२:०४

मकवानपुर २० माघ । नेपाली काँग्रेस मकवानपुरकोे आगामी माघ २१ गते अहिलेको सरकारको विरुद्ध विशाल विरोध प्रदर्शन हुने भएको छ । प्रदेश ३ को राजधानी हेटौंडाको मुख्य चोक बुद्धचोकमा आएर कोण सभा गर्ने कार्यक्रम रहेको पार्टी प्रवत्ता प्रदीप कोइरालाले जानकारीले दिएका छन् ।

जिल्लाका विभिन्न शिर्ष नेताहरुको कमाण्डमा बजारको चार क्षेत्रबाट ¥याली निकालेर बुद्धचोकमा आइ कोण सभामा परिणत गरिने जनाइएको छ । बजारको साझा सुमो काउन्टर, जिल्ला प्रहरी कार्यालय, वन विज्ञान अध्ययन संस्थान र सानोपोखराबाट विशाल प्रदर्शन गरिने जनाइएको छ । प्रदर्शनमा मकवानपुरका विभिन्न स्थानिय तहबाट सहभागिता रहने बताइएको छ ।