महिलालाई आँफ्नो भुमिका आँफै निर्वाह गर्न प्रचण्डको आग्रह
हेटौडा १७ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका बारेमा धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका छन् । पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई बिहीबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले संविधानमा धेरै सकारात्मक र प्रगतिशीत कुराहरु राखिएको भन्दै धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका हुन्। संविधानमा धेरै सकरात्मक, प्रगतिशीत र धेरै लोकतान्त्रीक कुराहरु राखिएको भन्दै प्रचण्डले समानता, समावेशिता र समानुपातिकताका धेरै कुराहरु समावेस गरीएकाले अब गुनासोभन्दा पनि भएका उपलब्धिलाई प्रभावकारी कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । ऐन बनाउने प्रक्रिया पनि क्रमशः अघि बढेकाले संविधान र कानुनमा व्यवस्था भएका लोकतान्त्रीक प्रावधानलाई कार्यान्वयन र आवश्यक बुँदाहरु क्रमशः संसोधन गर्दै जानु नै अहिलेको मुख्य आवश्यकता भएको प्रचण्डले बताए ।
लामो संघर्ष र ठुलो बलिदानबाट संविधानमा महिला शसक्तिकरण, विभेदमा पारीएका वर्ग, समुदायको हकअधिार लगायतका विषयलाई हिजोको राज्यले गरेको विभेदको क्षतिपुर्ति स्वरुप प्रगतिसील व्यवस्था राखिएको भन्दै प्रचण्डले यो भएन त्यो भएन भन्नुभन्दा परिवर्तलाई संस्थागत गर्न आ आफ्नो स्थानबाट भुमिका खेल्नुपर्नेमा जोड दिए । महिलाहरु अगाडि बढ्दै जाँदा समाजमा रहेका विक्रिती विसंगति, कुरीतीको अन्त्य हुँदै जाने भएकाले समाजका हरेक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक रहेको प्रचण्डले बताए । नेतृत्वमा समान सहभागीताका लागी आरक्षणले महत्वपूर्ण सहयोग पुगे पनि यसलाई कालान्तरसम्म निरन्तरता दिन स्वयम् व्यक्ति योग्य हुनुपर्ने प्रचण्डको भनाई रहेको छ । समाजका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकाले यसलाई महिला मुक्ति आन्दोलनको सफलताको रुपमा लिँदै राष्ट्रिय एकता र समृद्ध नेपालको सपना पुरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आग्रह समेत गरे ।
चितवनमा बन्ने अन्तराष्ट्रिय क्रिकेट रंगशालाले सिंगो मुलुकको परिचय दिने भन्दै प्रचण्डले अब विकासको गति तिब्र अघि बढेको उल्लेख गरे । उनले देशको महत्वपुर्ण १०० गन्तब्यमा पर्न सफल भरतपुर २२ को पटिहानीलाई महत्वपूर्ण पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत गरे ।
कर्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, भरतपुर २२ वडा का अध्यक्ष विष्णुराज महतो लगायतले मन्तब्य राखेका थिए । चितवनको पर्यटकिय क्षेत्र पटिहानीमा भएको सम्मेलनमा देशभरका २ सय भन्दा बढी महिला पत्रकारको सहभागीता रहेको थियो । प्रचण्डले महिला पत्रकारको फोटो खिचेर सम्मेलनको उद्घाटन गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार महिलालाई सम्मान समेत गरिएको थियो ।
