विवेकशील साझाको डा. केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह
काठमाडौं १७ माघ । विवेकशील साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तुरून्त कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गरी उक्त पार्टीले प्रतिनिधिसभाबाट पारित गरिएको विधेयकले सीमित नेता र व्यापारीको हित तथा आम जनताको अहित हुने भएकाले त्यसलाई राष्ट्रियसभाबाट सच्याउनु पर्ने बताएको छ ।
‘चिकित्सा शिक्षा विधेयक जुन ढङ्गबाट सरकारले जबरजस्ती पारित र्गयो, त्यो सीमित नेता र व्यापारीको हित र आम जनताको अहित हुने कार्य भएको निष्कर्ष निकालेको छ’ पार्टी प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
