नेपाली काँग्रेस संसदीय दलको बैठक हुँदै
काठमाडौँ १७ माघ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी सिंहदरबारमा छ । आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
काँग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले दलको बैठकबाट दिउँसो १ र २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गरिने जानकारी दिए ।
उनका अनुसार दुवै सदनको बैठकमा विरोध गर्ने वा नगर्ने र राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने कि नहाल्ने भन्नेबारे दलको बैठकले निर्णय लिने छ ।
