प्रधानमन्त्री ओलीद्वारा क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितलाई बधाई
काठमाडौँ, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख गरेका छन् । रोहितले शनिबार युएईविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।
