२५६ औं बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढीसम्मको हाफ म्याराथुन सुरु

तु खबर संवाददाता
२०७५ माघ ९, बुधबार ११:४०

हेटौँडा, ९ माघ । २५६ औं मकवानपुरगढी बिजय उत्सवको अवसरमा आयोजना भएको हाफ म्याराथुनको शुभारम्भ भएको छ । प्रदेश नंं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले म्याराथुनको शुभारम्भ गरेका हुन् ।

२१ किलोमिटरको हाफ म्याराथुन हेटौँडाबाट मकवानपुर गढीको मनकामना मन्दीर हुँदै मकवानपुरगढीमा पुगेर सम्पन्न हुने हाफ् म्याराथुनमा करिब १०० जना खेलाडीको सहभागित रहेको आयोजकले जनाइएको छ ।

हाफ म्याराथुनमा प्रथम हुनेलाई रु ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ तथा चौथो र पाँचौ हुनेलाई ५-५ हजार रुपैयाँ नगद पुरस्कर प्राप्त गर्नेछन ।