रविन्द्र जिहरुसँग मिलेर काम गर्ने वातावरणनै भएन : रञ्जु दर्शना

तु खबर संवाददाता
२०७५ माघ ९, बुधबार ११:२३

हेटौँडा, ९ माघ । विवेकशिल साझा पार्टीकी पुर्व केन्द्रीय सदस्य रञ्जु दर्शनाले पार्टीमा भएको समस्या दिनानुदिन बढ्दै गएको कारण पार्टी विभाजन भएको बताएकी छिन् ।

मंगलबार न्युज क्लब नेपाल हेटौँडाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्माणधिन विवेकशिल नेपाली दलकी नेता समेत रहेकी दर्शनाले रविन्द्र मिश्रले एकलौर्टी पार्टी सञ्चालन गर्न खोज्दा पार्टी विभाजन भएको बताएकी हुन् ।

उनले भनिन् “रविन्द्र जिहरुले समस्यालाई कहिल्यैपनि समस्यानै देख्नुभएन, उनहरुले पार्टीमा एकलौटी निर्णय गर्नुभयो, यो हाम्रो पार्टीको आचरण तथा सिद्धान्त विरुद्धममा थियो, त्यसैको परिणाम हामी अलग भयौ ।”

पार्टीको एक संयोजकले दिएको प्रतिवेदनको कुनै छलफल नभएको र उक्त प्रतिवेदनमाथि छलफलनै नगरी मिश्रले एकलौटि रुपमा केन्द्रीय सदस्य थप्ने, विभाग खारेज गर्ने जस्तो क्रियाकलाप गरेको समेत उनले बताईन् ।

पार्टी फुटनु दुखद भएको भएपनि आफुहरुले जनतालाई दिएको प्रतिवद्धता र उनिहरुको आशालाई साकार गर्नको लागि लागिरहेको समेत उनले बताईन् । नेपालको बैकल्पिक शक्तिलाई आफुहरुले नेतृत्व प्रदान गर्ने भन्दै दर्शनाले पार्टीको सिद्धान्त अनुसार राजनीतिलाई सुद्धिकरण गर्ने अभियानमा आफहरु सदैब लागिपर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै विवेकशिल नेपाली दलका नेता गोविन्द नारायणले पार्टी फुटनुमा रविन्द्र मिश्रको एकलौटी निर्णय, विभागको एक्कासी भंग, भातृ संगठन बनाउने निर्णय लगायतको विषय रहेको बताए । आफुहरु ठुलो भवनबाट चौरमा आएरपनि आफुहरुको मान्यता स्थापित गर्न सक्छौ भन्ने मान्यता राख्ने शक्ति भएको उनले बताए । कार्यक्रममा विवेकशिल नेपाली दल मकवानपुरकी प्रतिभा डंगोलको समेत आतिथ्यता रहेको थियो ।