फोरम नेपाल र माओवादी कम्युनिष्ट पार्टीबीच एकता
काठमाडौं, ७ माघ । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार एकीकरण घोषणा भएको छ । राजधानीको सोह्रखुट्टेस्थित नेकपा पार्टी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा दुई दल एकीकरण घोषणा गरिएको हो ।
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बाम सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका छन् । माओवादी कम्युनिष्ट केन्द्रका प्रमुख नेताका रुपमा केशव दाहाल रहेका छन् । केही समय अघि ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ पनि संघीय समाजवादी फोरम नेपालमा बिलय भएको थियो ।
