प्रधानमन्त्री ओली आज स्विजरल्यान्ड जाँदै

तु खबर संवाददाता
२०७५ माघ ६, आईतवार १५:५३

काठमाडौं ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् । प्रधानमन्त्री ओली स्विजरल्यान्डको डाबोसमा जनवरी २२-२५ सम्म हुने सम्मेलनमा हुन लागेको वल्र्ड इकोनोमिक फोरममा सहभागी हुन त्यसतर्फ जान लागेका  प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् ।

सम्मेलनमा ओलीले ३ वटा छुट्टाछुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।