महिला क्रिकेट टीम आज स्वदेश फिर्ता

तु खबर संवाददाता
२०७५ माघ ६, आईतवार १५:१३

काठमाडौं ६ माघ । एसीसी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ । महिला टीम आईतबार स्वदेश फर्केका हुन् ।

स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । ‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर सकेनौं । हामी भन्दा थाइल्याण्ड हरेक पक्षमा बलियो छ ।’

अहिलेको प्रतियोगिता एक महिनापछि थाइल्याण्डमा हुने महिला विश्वकप छनोट खेल तयारीको राम्रो मौका भएको प्रशिक्षक दासको भनाइ रहेको छ ।