क्रिकेट टी–२० को उपाधि जित्न नेपाललाई एकसय २२ रनको लक्ष्य
काठमाडौं ५ माघ । थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेटको फाइनलमा नेपालले जितका लागि एक सय २२ रन बनाउनु पर्ने भएको छ ।
शबिनार दिउँसो भएको खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।
थाइल्याण्डका लागि नाथचन चनथमले सर्वाधिक अविजित ६९ रन जोडिन् । नरुमोल चवाईले २७ र चानिदा सुथिरंगले अविजित १९ रन बनाए । नेपालका कुनैपनि बलरले विकेट लि सकेनन् ।
नेपाल समूह चरणदेखि अपराजित रहँदै फाइनलमा पुगेको हो । उपाधि जित्न नेपाललाई एक सय २२ रन पु¥याउनु पर्ने बाध्यता रहेको छ । सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
